
एजेन्सी । स्पेनिस महारथी बार्सिलोना ला लिगाअन्तर्गत खेलमा भ्यालेन्सियासंग बराबरीमा रोकिएको छ ।
सनिवार राति भएको खेलमा साविक विजेतासमेत रहेको बार्सिलोना तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी भ्यालेन्सियासंग १–१ गोलको बराबरीमा रोकिएको हो ।
भ्यालेन्सियाको घरेलु मैदान मेस्टाला रंगशालामा भएको खेलमा एक गोलको अग्रता जोगाउन नसक्दा भ्रमणकारी टोली बार्सिलोना बराबरीमा रोक्न बाध्य बन्यो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ५५ औं मिनेटमा राफिन्हाको पासमा जाओ फेलिक्सले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दियो ।
तर, ७० औं मिनेटमा घरेलु टोलीका लागि डिएगो लोपेजको पासमा ह्युगो गुइलामोनले गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
त्यसपछि खेलमा थप गोल ननिस्केपछि खेल बराबरीमा टुंगियो ।
बराबरीसंगै बार्सिलोनाले ला लिगामा १७ खेल खेलिसक्दा ३५ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
यता, घरेलु टोली भ्यालेन्सियाले पनि १७ खेल खेल्दा २० अंक जोड्दै लिग तालिकाको १० औं स्थानमा उक्लिएको छ ।
ला लिगाअन्तर्गत गयराति नै भएको अन्य खेलहरुमा गेटाफेले सेभिल्लामाथि ३–० को जित रच्दा एट्लेटिक बिल्बाओले एट्लेटिको डि मड्रिडमाथि २–० को जित हासिल गर्यो ।