
एजेन्सी । एट्लेटिको डि मड्रिडले स्पेनिस ला लिगाअन्तर्गत खेलमा भ्यालेन्सियामाथि सहज जित निकालेको छ ।
आईतवार राति भएको खेलमा एट्लेटिको डि मड्रिडले भ्यालेन्सियामाथि २–० को सहज जित निकालेको हो ।
एट्लेटिकोको घरेलु मैदान सिभिटास मेटज्ञोपोलिटानो रंगशालामा भएको खेलमा घरेलु टोलीको जितमा सामुयल लिनो र मेम्फिस डिपेले गोल गरे ।
पहिलो हाफको अन्त्यतिर एन्टोनी ग्रिजमनको पासमा लिनोले गोल गर्दै एट्लेटिकोलाई १–० ले अघि बढाए ।
त्यस्तै, दोसो हाफको ५७ औं मिनेटमा नहुयल मोलिनाको पासमा मेम्फिसले गोल थप्दा घरेलु टोली २–० ले विजयी भयो ।
सहज जितसंगै एट्लेटिकोले २१ खेलमा ४४ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
पराजित भ्यालेन्सियाको २२ खेलमा ३२ अंक रहेको छ ।
भ्यालेन्सिया तालिकाको आठौं स्थानमा झरेको छ ।
आईतवार राति नै भएको अन्य खेहरुमा सेल्टाभिगोमाथि १–० को जित हासिल गर्दै जिरोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।
त्यस्तै, काडिज र एट्लेटिक क्लबले गोलरहित बराबरी खेल्दा सेभिल्ला र ओसासुनाले पनि १–१ को बराबरी खेलेका छन् ।