भक्तपुर । काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा काठमाडौं रेजर्स एफसीले ललितपुर सिटी एफसीलाई पराजित गरेको छ ।

सनिवार भएको भ्याली डर्बी खेलमा साविक विजेता समेत रहेको काठमाडौं रेजर्स एफसीले ललितपुर सिटी एफसीलाई १–० ले पराजित गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको रोमाञ्चक खेलमा पहिलो हाफको अन्त्यतिर ४५ मिनेटपछि थपिएको अतिरिक्त समयको पहिलो मिनेटमा एन्ड्रेस निया टिचौन्केउको गोलमार्फत काठमाडौंले १–० को अग्रता लियो ।

उक्त गोलका लागि हिसुब थपलियाले क्रस उपलब्ध गरेका थिए ।

त्यसपछि दोस्रो हाफको ७५ औं मिनेटमा काठमाडौंका अमित तामाङले रेड कार्ड पाउँदै मैदानबाट बाहिरिए ।

१० खेलाडीमा समेतिएको काठमाडौंविरुद्व दवाव सिर्जना गरेतापनि ललितपुरले गोल भने निकाल्न सकेन ।

र, खेल काठमाडौंले १–० ले जित्यो ।

जित्नैपर्ने खेल जितिसकेपछि साविक विजेताले लिग चरणका ८ खेल खेलिसक्दा ३ खेलमा जित, ३ खेलमा बराबरी र २ खेलमा हारको नतिजाका साथ तालिकामा १२ अंक जोड्दै तेस्रो स्थानमा उक्लिन सफल भयो ।

पराजित ललितपुरको पनि समान ८ खेलमा २ खेलमा जित, ४ खेलमा बराबरी र २ खेलमा हार बेहोर्दै १० अंकका साथ तालिकाको चौथौं स्थानमा रहेर लिग चरणका खेल टुंग्यायो ।

योसंगै, काठमाडौं र ललितपुर प्लेअफ अन्तर्गत इलिमिनेटरमा भिड्ने पक्का भएको छ ।

यता, समान १० अंक रहेता पनि गोलअन्तरमा पछि परेर झापा एफसी र बुटवल लुम्बिनी भने प्रतियोगिताबाट बाहिरिएको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.