एजेन्सी । संयुक्त राज्य अमेरिकामा जारी कोपा अमेरिकाअन्तर्गत खेलमा भेनेजुएलाले जमैकामाथि सहज जित निकालेको छ ।

सोमवार विहान भएको खेलमा भेनेजुएलाले जमैकामाथि ३–० को सहज जित निकालेको हो ।

टेक्सासको नर्थ अस्टिनस्थित क्यु टु स्टेडियममा भएको खेलमा भेनेजुएलालाई जिताउन इडुवार्ड बेल्लो, सलोमोन रोनडन र इरिक रामिरेजले गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ४९ औं मिनेटमा जोन अरामबुरुको पासमा बेल्लोले गोल गर्दै भेनेजुयलालाई सुरुवाती अग्रता दिलाए ।

त्यसपछि ५६ औं मिनेटमा याङगेल हरेराको पासमा रोनडनले गोल थप्दा भेनेजुएला २–० ले अघि बढ्यो ।

यता, ८५ औं मिनेटमा कार्भिन आन्ड्राडेको पासमा रामिरेजले गोल थप्दा भेनेजुएला ३–० ले विजयी भयो ।

सहज जितसंगै भेनेजुएलाले समूह ‘बी’ मा ३ खेलबाट शतप्रतिशत जितका साथ ९ अंक जोड्दै समूह विजेता बन्दै अघिल्लो चरणमा प्रवेश गर्यो ।

पराजित जमैकाले भने समूह चरणमा अंकको खाता नै खोल्न सकेन ।

जमैका समूह तालिकाको पुच्छारमा रह्यो ।

त्यस्तै, सोमवार विहानै भएको सोहि समूहको अर्को खेलमा इक्वेडर र मेक्सिकोले गोलरहित बराबरी खेलेका छन् ।

अरिजोनाको ग्लेनडेलस्थित स्टेट फार्म स्टेडियममा भएको खेलमा दुबै टोलीले गोलका केहि राम्रा अवसर सिर्जना गरे तापनि गोल भने निकाल्न नसक्दा खेल गोलरहित बराबरीमा सकियो ।

बराबरीसंगै दुबै टोलीले अंक बाँडेका छन् ।

दुबै टोलीको समान ३ खेलबाट ४ अंक रहे पनि गोलअन्तरका आधारमा इक्वेडर अघिल्लो चरणमा प्रवेश गर्दा मेक्सिको भने अभागी सावित भयो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.