भक्तपुर । घरेलु टोली भुटानमाथि पुनरागमन जित निकाल्दै नेपाल साफ यु–१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधवार साँझ भएको खेलमा नेपालले आयोजक टोली भुटानमाथि २–१ को पुनरागमन जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा भएको समूह चरणको अन्तिम खेलमा नेपाललाई जिताउन कृष्ण बहादुर आले र सुजन डंगोलले गोल गरे ।
पराजित टोलीका लागि भने छिम्मी टोब्डेन डोर्जीले एक गोल गरे ।
पहिलो हाफको ४२ औं मिनेटमा नेपाली गोलकिपर पेम्बा नोर्बु भोटेको गल्तीमा छिम्मीले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलायो ।
एक गोलले पछि परेको नेपालले दोस्रो हाफको ५६ औं मिनेटमा बराबरी गोल फर्कायो ।
कृष्णले फ्रिकिकमा उत्कृष्ट गोल गदै नेपाललाई खेलमा फर्काए ।
यता, जित्नै पर्ने खेलमा ८४ औं मिनेटमा नेपाली गोलकिपर पेम्बाको लामो दुरीको प्रहारलाई नियन्त्रणमा लिँदै सुजनले दर्शनिय गोल गर्दा नेपाल २–१ ले विजयी भयो ।
जितसंगै समूह ‘बी’ मा रहेको नेपालले ३ खेलबाट २ मा जित र १ मा हारको नतिजासहित ६ अंक जोडेर समूह उपविजेता बन्यो ।
पराजित भुटान भने ३ खेलबाट ४ अंकसहित तालिकाको तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरियो ।