
एजेन्सी । स्पेनिस ला लिगामा साविक विजेता रियल मड्रिड भिल्लारियलसंग स्तब्ध बनेको छ ।
सनिवार राति भएको खेलमा मड्रिड घरेलु टोलीसंग २–१ ले पराजित भएको हो ।
इस्टाडियो दि ला सेरामिया रंगलाशामा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफको ४७ औं मिनेटमा भिल्लारियलका लागि यरेमीले गोल गर्दै सुरुवाती अग्रता दिलाए ।
त्यसपछि खेलको ६० औं मिनेटमा मड्रिड खेलमा फर्कियो । डिबक्सभित्र भिल्लारियलका खेलाडीको हातमा बल लागेपछि मड्रिडले पेनाल्टी पायो । जसलाई करिम बेन्जामाले चुकाएनन् ।
खेल १–१ को बराबरीमा आएसंगै अझ प्रतिस्पर्धात्मक बनेको अवस्थामा ६३ औ मिनेटमा मड्रिडका डेभिड अलाबाले आफ्नै डिबक्स भित्र फाउल र बल हातमा लाग्दा रफ्रीले घरेलु टोलीलाई पेनाल्टीको अवसर दिए । जसमा भिल्लारियलका जेराड मोरेनोले गोल गर्दै भिल्लारियलको जित २–१ ले सुनिश्चित गरे ।
जितसंगै भिल्लारियल ला लिगाको तालिकामा पाँचौं स्थानमा उक्लियो । भल्लिारियलले १६ खेलमा २७ अंक जोड्यो ।
यता, भिल्लारियलसंग पराजय बेहोरेसंगै लिग तालिकाको शीर्ष स्थानमा उक्लिन पाउने अवसरबाट मड्रि बञ्चित रह्यो ।
पराजित मड्रिडको १६ खेलमा ३८ अंक छ । मड्रिड एक खेल कम खेलेको बार्सिलोनासंग गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ ।