
एजेन्सी । स्पेनिस महारथी रियल मड्रिडले ला लिगाअन्तर्गत खेलमा भिल्लारियलमाथि जित हासिल गर्दै लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
आईतवार राति भएको खेलमा भिल्लारियलमाथि रियल मड्रिडले ४–१ को जित हासिल गर्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।
मड्रिडस्थित स्यान्टियागो बेर्नाबाउ रंगशालामा भएको खेलमा २५ औं मिनेटमा लुका मोड्रिकको पासमा जुधे बेलिङघमले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि ३७ औं मिनेटमा लुकास भाजकुइजको पासमा रोड्रिगोले गोल थप्दा मड्रिड २–० ले अघि बढ्यो ।
यता, दोस्रो हाफको ५४ औं मिनेटमा जोसे लुइस मोरालेसले भ्रमणकारी टोलीका लागि गोल फर्काउँदा खेल २–१ को स्थितिमा आयो ।
६४ औं मिनेटमा मड्रिडका फरान गार्सियाको पासमा ब्राहिम डाइजले गोल गर्दा खेल ३–१ को अवस्थामा पुग्यो ।
त्यसको दुई मिनेटपछि नै लुका मोड्रिचले गोल थप्दा मड्रिड ४–१ ले विजयी भयो ।
फराकिलो जितसंगै शीर्ष स्थानमा उक्लेको मड्रिडले १७ खेलमा ४२ अंक जोडेको छ ।
पराजित भ्रमणकारी टोलीको समान १७ खेलमा १६ अंकसहित तालिकाको १४ औं स्थानमा झरेको छ ।