एजेन्सी । नेपाली राष्ट्रिय फुटबल टोलीको नयाँ प्रशिक्षकमा इटालीका भिन्सेन्जो अल्वर्टो एनिस नियुक्त भएको छ ।
बुधवार अखिल नेपाल फुटबल संघ (एन्फा) ले बोर्डको बैठकबाट इटालियान प्रशिक्षक भिन्सेन्जो अल्वर्टो एनिसलाई नियुक्त गरेको हो ।
यसअघिका मूख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजिनामा दिएसंगै एन्फा नयाँ प्रशिक्षकको खोजीमा थियो ।
मूख्य प्रशिक्षकका लागि एन्फाले आवेदन माग गर्दा १६८ जनाले निवेदन दिएको जसमध्यबाट एन्फाले २० जनालाई अन्तिम चरणमा छनोट गरेको बताइएको छ ।
२० जनामध्येमा भौतिक रुपमा इटालियन प्रशिक्षक उपस्थित भएको जनाएको छ ।
यूईएफएको प्रो लाइसेन प्राप्त ३८ वर्षिय इटालियन प्रशिक्षकले यसअघि भारतको इन्डियन सुपर लिगको फ्रेन्चाइज क्लब नर्थ इस्ट युनाइटेडको प्रशिक्षण सम्हालिसकेका छन् ।
त्यस्तै, भारतिय आई लिग क्लब गोकुलम केरेला एफसीले उनको नेतृत्वमा दुईपटक लिग जितेको छ ।