भक्तपुर । आसन्न भारतसंगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टिमको प्रारम्भिक टोली घोषणा भएको छ ।
सोमवार महिला राष्ट्रिय टोलीका मूख्य प्रशिक्षक अनन्तराज थापाले ४३ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो ।
प्रारम्भिक टोलीमा अमिशा कार्की, अमृता जैशी, अनिता बस्नेत, अनिता केसी, अन्जली वाईबा, अन्जना राणा मगर, अन्जिला तुम्बापो सुब्बा, अनुष्का शेर्पा, बिमला बिक, बिमला चौधरी, चन्दा भण्डारी, दिपा न्यौपाने, दिपा साही, गंगा गुरुङ, भिमकुमारी गुरुङ, गिता राणा, हिमा चौधरी, हीरा कुमारी भुजेल, कविता विक, कविता धिमाल, खुस्मा राई, कुसुम खतिवडा, मनिका कुस्वार, मन्जली कुमारी योञ्जन, मेनुका आले मगर, निर्मला बिक, निशा ठोकर, प्रिति राई, रस्मीकुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटी, सबिता राणा मगर, साबित्री भण्डारी, समिक्षा घिमिरे, सन्जु कुमाल, सपना राई, सरस्वती हमाल, सरस्वती ऐयर, सरु लिम्बु, सृजना चेम्जोङ, सृजना सिंह ठकुरी, सुनिता चौधरी र उषा नाथ रहेका छन् ।
राष्ट्रिय टोलीको बन्दसत्र मंगलवारदेखि एन्फा कम्लेस सातदोबाटोमा सुरु हुनेछ ।