एजेन्सी । भारतले दक्षिण अफ्रिकाविरुद्वको टि–२० आई सिरिज जितेको छ ।

शुक्रवार राति भएको सिरिज अन्तर्गत चौथौं तथा अन्तिम खेलमा दक्षिण अफ्रिकालाई १३५ रनले हराउँदै सिरिज ३–१ ले जितेको हो ।

त्यसअघि सिरिजअन्तर्गत पहिलो खेल भारतले ६१ रनले जित्दा दोस्रो खेल भने दक्षिण अफ्रिकाले ३ विकेटले जितेको थियो ।

त्यस्तै, तेस्रो खेलमा भारतले दक्षिण अफ्रिकामाथि ११ रनको जित निकालेको थियो ।

दक्षिण अफ्रिकाको डिपी ओर्ल्ड वानडेरेर्स रंगशालामा भएको अन्तिम खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरको खेलमा १ विकेट गुमाएर २८३ रनको विशाल स्कोर बनायो ।

यो भारतको टि–२० खेलमा दोस्रो ठूलो स्कोर हो ।

त्यसअघि भारतले बंगलादेशविरुद्व सन् २०२४ मै भएको टि–२० खेलमा २९७ रन बनाएको थियो ।

भारतका लागि ओपनर ब्याट्सम्यान तथा विकेटकिपर सन्जु सामसन र तिलक बर्माले शतक प्रहार गरे ।

तिलकले बिष्पोटक पारी खेल्नेक्रममा ४७ बलमा ९ चौका र १० छक्का प्रहार गर्दै १२० रन जोड्दै अविजित रहँदा सन्जुले ५६ बलमा ६ चौका र ९ छक्का प्रहार गर्दै १०९ रन जोडेर अविजित रहे ।

त्यस्तै, अर्का ओपनर अभिषेक शर्माले १८ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै ३६ रन जोडेर पेविलियन फर्किए ।

भारतले अतिरिक्त रुपमा १८ रन जोड्यो ।

घरेलु टोलीका लागि लुथा सिपाम्लाले १ विकेट लिए ।

२८४ रनको विशाल विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिका भने १८.२ ओभरमा अलआउट हुन पुग्दा मात्र १४८ रनमा समेतियो ।

घरेलु टोलीका लागि ट्रिस्टन स्टुब्सले २९ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ४३ रन जोड्दा डेभिड मिल्लरले २७ बल खेल्नेक्रममा २ चौका र ३ छक्का प्रहार गर्दै ३६ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, मार्को जेनसेनले १२ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै २९ रन जोडेर अविजित रहँदा गेराल्ड कोएट्जेले ८ बल खेल्दै १ चौका र १ छक्का प्रहार गरेर १२ रन बनाउँदै पेविलियन फर्किए ।

यता, कप्तान ऐडेन मार्करम ८, केशव महाराज ६, लुथो सिपाम्ला ३, एन्डेल सिमेलेन २ र रायन रिकेल्टन १ रनमा आउट हुँदा दक्षिण अफ्रिकाका अन्य दुई ब्याटर अंकको खाता नै नखोली पेविलियन फर्किए ।

घरेलु टोलीले अतिरिक्त रुपमा ८ रन जोड्यो ।

भारतका लागि अर्शदिप सिंहले ३ विकेट लिँदा वरुण चक्रबर्ती र अक्षर पटेलले २–२ तथा हार्दिक पाण्डेया, रमणदिप सिंह र रबि बिस्नोईले १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.