
एजेन्सी । भारतले जिम्बावेविरुद्वको टि–२० सिरिज एक खेल अगावै जितेको छ ।
सनिवार भएको खेलमा जिम्बावेमाथि एकतर्फी रुपमा १० विकेटको जित निकाल्दै सिरिज एक खेल अगावै जितेको हो ।
पाँच खेलको सिरिजमा चौथौं खेल सक्दासम्म भारतले ३–१ को अग्रता लिएको छ ।
जिम्बावेको हरारे सहरस्थित हरारे स्पोर्ट्स क्लबमा भएको खेलमा १५३ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको भारतले १५.२ ओभरमा विना कुनै विकेट क्षति १५६ रन जोड्यो ।
भारतलाई सहज जित दिलाउन ओपनर ब्याट्सम्यानद्वय कप्तान सुभमन गिल र यशस्वी जैसवालले १५६ रनको शतकिय साझेदारी कायम गरे ।
जैसवालले ५३ बलमा १३ चौका र २ छक्काको विष्पोटक पारी खेल्दै ९३ रनको अविजित पारी खेल्दा गिलले पनि ३९ बल खेल्दै ६ चौका र २ चौका प्रहार गर्दै ५८ रन जोड्दै कप्तानी पारी खेले ।
भारतले अतिरिक्त रुपमा ५ रन जोड्यो ।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको जिम्बावेले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १५२ रन जोड्यो ।
जिम्बावेका लागि कप्तान सिकन्डर राजाले २८ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ४६ रन जोडेर आउट हुँदा ओपनर ब्याट्सम्यान ताडिवानासे मारुमानीले ३१ बल खेल्नेक्रममा ३ चौका प्रहार गर्दै ३२ रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, अर्का ओपनर वेस्ले मधेभेरेले २४ बलमा ४ चौका प्रहार गर्दै २५ रन जोडेर आउट हुँदा डिअन मायर्सले १३ बलको सामना गर्दा १२ रन जोडेर पेविलियन फर्किए ।
यता, ब्रियान बेन्नेट ९, विकेटकिपर क्लिभ मडान्डे ७ र जोनाथन क्याम्पबेल ३ रनमा पेविलियन फर्किदा फराज अक्रम ४ रनमा अविजित रहे ।
जिम्बावेले अतिरिक्त रुपमा १४ रन जोड्यो ।
भारतका लागि खलिल अहमेदले ४ ओभर बलिङ गर्दै ३२ रन दिएर २ विकेट लिँदा तुषार देशपाण्डे, वासिन्टन सुन्दर, अभिषेक शर्मा र शिभम् दुवेले समान १–१ विकेट लिए ।
सिरिजअन्तर्गत पाँचौं तथा अन्तिम खेल आईतवार हुनेछ ।