एजेन्सी । अष्ट्रलियाले १५ औं संस्करणको आईसीसी यु–१९ क्रिकेट विश्वकपको उपाधि जितेको छ ।
आईतवार भएको फाइनल खेलमा साविक विजेता भारतलाई ७९ रनले पराजित गर्दै अष्ट्रेलियाले यु–१९ क्रिकेट विश्वकपको उपाधि जितेको हो ।
योसंगै अष्ट्रेलियाले चौथौं पटक यु–१९ विश्वकपको उपाधि उचाल्न सफल भयो ।
त्यसअघि अष्ट्रेलियाले सन् १९८८, २००२, २०१० मा उपाधि जितेको थियो ।
यो उमेर समूहमा भारतले सर्वाधिक पाँचपटक विश्वकप जितेको छ ।
दक्षिण अफ्रिकाबेनोनीस्थित साहारा पार्क विलोमोर क्रिकेट रंगशालामा भएको उपाधि भिडन्त खेलमा २५४ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको भारत ४३.५ ओभरमा अलआउट हुँदा मात्र १७४ रनमा समेतियो ।
भारतका लागि ओपनर ब्याट्सम्यान आदर्श सिंहले ७७ बलमा ४ चौका प्रहार गर्दै ४७ रन जोड्दा मुरुगान पेरुमल अभिषेकले ४६ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरेर ४२ रन जोड्दै पेविलियन फर्किए ।
त्यस्तै, मुशिर खानले ३३ बलमा ३ चौका प्रहार गर्दै २२ रन जोडेर आउट हुँदा नमन तिवारीले ३५ बल खेल्दै १ छक्का प्रहार गरेर १४ रन जोड्दै अविजित रहे ।
यता, कप्तान उदय साहरन ८, सचिन दास र प्रियान्सु मोलिया समान ९–९, अर्शिन कुलकर्मी ३ र सौम्य कुमार पाण्डे २ रन जोडेर आउट हुँदा विकेटकिपर अराभेली अभिनाश राओ र राज लिम्बानी शुन्य रनमा पेविलियन फर्किए ।
भारतले अतिरिक्त रुपमा १८ रन जोड्यो ।
भारतलाई सस्तैमा अलआउट गर्दै उपाधि जित्न अष्ट्रेलियाका लागि राफायल म्याकमिलान र माह्ली ब्रेडम्यानले समान ३–३ विकेट लिँदा कलुम भिड्लरले २ विकेट लिए ।
त्यस्तै, चार्ली एडरसन र टम स्ट्राकरले समान १–१ विकेट हासिल गरे ।
त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले निर्धारित ५० ओभरको खेलमा ७ विकेट गुमाउँदै २५३ रन जोड्यो ।
अष्ट्रेलियाका लागि हरजस सिंहले वकेटकिपर रायन हिक्सले ६४ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ५५ रनको अर्धशतकिय पारी खेल्दा कप्तान हग वेइबगेनले ६६ बल खेल्नेक्रममा ५ चौका प्रहार गर्दै ४८ रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, ओलेइ पेकले ४३ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ४६ रन जोडेर अविजित रहँदा ओपनर ब्याट्सम्यान ह्यारी डिक्सनले ५६ बल खेल्नेक्रममा ३ चौका र १ छक्का प्रहार गर्दै ४२ रन जोडेर पेविलियन फर्किए ।
यता, विकेटकिपर रायन हिक्सले २५ बलमा २ चौका प्रहार गर्दै २० रन जोडेर आउट हुँदा चार्ली एडरसनले १८ बलमा १ छक्का प्रहार गरेर १३ रन जोड्दै पेविलियन फर्किए ।
टम स्ट्राकर ८ रनमा अविजित रहँदा राफायल म्याकमिलान २ र साम कोनस्टास शुन्य रनमा पेविलियन फर्किए ।
अष्ट्रेलियाले अतिरिक्त रुपमा १९ रन जोड्यो ।
भारतका लागि राज लिम्बानीले ३ विकेट लिँदा नमन तिवारीले २ विकेट लिए ।
त्यस्तै, सौम्य कुमार पाण्डे र मुशिर खानले समान १–१ विकेट लिए ।