
एजेन्सी । भारत र न्युजिल्याण्डबीचको टि–२० आई सिरिजको पहिलो खेलमा न्युजिल्याण्डले जित हात पारेको छ ।
शुक्रवार राति भएको खेलमा न्युजिल्याण्डले भारतमाथि २१ रनले जित हात पारेको हो । जितसंगै न्युजिल्याण्डले ३ खेलको सिरिजमा १–० ले अग्रता लिएको छ ।
राँचीस्थित जेएससीए अन्तराष्ट्रिय रंगशालामा भएको खेलमा १७७ रनको विजयी लक्ष्यका साथ मैदान उत्रिएको घरेलु टोली भारतले निर्धारित २० ओभर खेल्दा ९ विकेट गुमाउँदै १५५ रनमात्र बनाउन सक्यो ।
घरेलु टोलीका लागि वाशिन्टन सुन्दरले २८ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ५० रनको अर्धशतकिय रन बनाए ।
त्यस्तै, सुर्यकुमार यादवले ३४ बल खेल्दा ६ चौका र २ छक्का मद्दतमा ४७ रन बनाए । कप्तान हार्दिक पाण्डेयाले २० बलकम १ चौका र १ छक्का प्रहार गर्दै २१ रन जोड्दै पेविलियन फर्किए ।
यता, दिपक होदाले १० रन जोड्नुका अलावा अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
न्युजिल्याण्डका लागि कप्तान मिट्चेल सानटेनर, मिट्चेल ब्रासवेल र लोकी फर्गुसनले समान २–२ विकेट लिए । त्यस्तै, जोकाव दुफी र इस्च सोधीले १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा आएको भ्रमणकारी टोलीले २० ओभरको खेलमा ६ विकेटको क्षतिमा १७६ रन बनाएको थियो ।
न्युजिल्याण्डका लागि डर्याल मिट्चेलले अविजित रहँदै ३० बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै सर्वाधिक ५९ रन जोडे ।
त्यस्तै, विकेटकिपरसमेत रहेका दिभोन कोनवेले ३५ बल खेल्दै ७ चौका र १ छक्काको सहयोगमा ५२ रनको अर्धशतकिय पारी खेले ।
फिन अलेनले २३ बलमा ४ चौका र २ छक्का मद्दतमा ३५ रन बनाए । यता, ग्लिन फिलिप्सले १७ रन जोडदै आउट हुँदा कप्तान ब्रेसवेल ७ रनमा पेविलियन फर्किए ।
भारतका लागि वाशिन्टन सुन्दरले २ विकेट लिँदा अर्शदिप सिंह, कुलदिप यादव र शिभम माभीले समान १–१ विकेट लिए । सिरिजअन्तर्गत दोस्रो खेल जनवरी २९ तारिखमा खेल्नेछ ।