भक्तपुर । भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता भव्य समारोहबीच मंगलवारदेखि भक्तपुरमा सुरु भएको छ ।
भक्तपुर नगरभित्र रहेका विद्यालयहरु सहभागी हुने प्रतियोगिताको उद्घाटन वरिष्ठ राजनितिज्ञ नारायणमान बिजुक्छेले गर्नुभएको थियो ।
उद्घाटन समारोहका प्रमुख अतिथि समेत रहेका बिजुक्छेँले खेलकुद प्रतियोगिता पूर्ण सफलताको कामना गर्नु हुँदै खेलकुद शिक्षाको अभिन्न अंग भएको बताउनुभएको थियो ।
स्वास्थ्य, अनुशासन, देशको स्वतन्त्रता र सार्वभौमिकता रक्षाको निम्ति खेलाडीहरु खेलकुदमा सहभागी हुनुपर्ने उल्लेख गर्नुहुँदै अध्यक्ष बिजुक्छेँले विद्यालय तहदेखि नै विद्यार्थीहरुलाई राम्रोसँग प्रशिक्षित गर्न सके राष्ट्रिय÷अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुग्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरबाटै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, रेफ्रीहरु तयार गर्ने नगरपालिकाको उद्देश्य रहेको बताउनुहुँदै खेलकुदमा भाग लिनु मनोरञ्जनको लागि मात्र नभई अनुशासन र मित्रताको लागि भएको उल्लेख गर्नुभयो ।
खेलकुद प्रतियोगितामा विभिन्न १४ खेलका विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुने भनपा खेलकुद संयोजक श्यामकृष्ण खत्रीले जानकारी दिनुभयो ।
भलिबल, टेबुलटेनिस, उसु, पोर्टबल, कबड्डी, तेक्वाण्डो, कराँते, एथ्लेटिक्स, ब्याडमिन्टन÷जिम्नास्टिक, फुटसल, खोखो, बुद्धिचाल र कसिमला पाँय् खेलकुद प्रतियोगितामा समेटिएको वडा नम्बर १ का वडा अध्यक्षसमेत रहनु भएका खत्रीले जानकारी दिनुभयो ।
प्रतियोगिताको उद्घाटन ¥याली समेत गरिएको थियो ।
समाचार स्रोत :भक्तपुर नगरपालिकाको फेसबुक पेज