भक्तपुर । नेपाल सम्बत ११४५ को अवसरमा शुभकामना आदान प्रदान तथा स्पोर्टस् अवार्ड कार्यक्रम सम्पन्न भएको छ ।
जिल्लाको लोकप्रिय भक्तपुर फुटबल क्लबको आयोजनामा सनिवार शुभकामना आदान प्रदान तथा स्पोर्टस् अवार्ड कार्यक्रम सम्पन्न भएको हो ।
ग्रास्टरुट तहबाटै फुटबल खेलको विकाशमा क्रियाशिल क्लबले खेलाडी तथा प्रशिक्षकहरुलाई प्रोत्साहन गर्ने हेतुका साथ विभिन्न विधामा अवार्ड वितरण गर्यो ।
भक्तपुरको सिद्धि स्मिृति प्रतिष्ठानको सभा हलमा भएको कार्यक्रमा वर्षको सर्वोत्कृष्ट खेलाडी न्युरोड टिम (एनआरटी) क्लबका गोलकिपर पुजन होना चुनिए ।
त्यस्तैगरी सर्वोत्कृष्ट प्रशिक्षकको अवार्ड प्रशिक्षक जीवन सिन्केमानले जिते भने लेजेण्डरी प्लेयरको अवार्ड भक्तपुर जिल्ला मिठु गुरुङले जिते ।
त्यस्तै, भक्तपुर एफसी एकेडेमी प्लेयर अफ दि इयरको अवार्ड इराज लागेले जित्दा भक्तपुर एफसी एकेडेमी राइजिङ्ग प्लेयर सुजल बिक घोषित भए ।
यता, निरक तजले भक्तपुर एफसी एकेडेमी एक्ट्राअडिनरी अवार्ड जित्यो ।
कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का पुर्व अध्यक्ष गणेश थापा, जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष दिपक थापा, साइकल कनेक्ट भक्तपुरका अध्यक्ष सुमित बाला, लेट्स प्लेका अध्यक्ष रोजिता शर्मा लगायतको उपस्थिति रहेको थियो ।