भक्तपुर । सिद्वी स्मिृति भक्तपुर फुटबल क्लबले स्थानियस्तरबाटै स्तरिय खेलाडी उत्पादन गर्ने लक्ष्य सहित युवा खेलाडी विकास कार्यक्रम ‘युथ डेभलपमेन्ट प्रोग्राम’ सनिवारदेखि सुरु गरेको छ ।
‘ए’ डिभिजन क्लब बन्ने अठौटका साथ अघि बढेको क्लबले वार्षिक कार्यतालिका अनुसार भक्तपुरस्थित स्थानिय महेश्वरी खेल मैदानमा प्रशिक्षण सुरु गरेको हो ।
पाँच वर्षे योजनाअन्तर्गतको कार्यक्रमलाई भक्तपुर फुटबल क्लबका बिशेष समिति सदस्य अनिल राजभण्डारीबाट प्रशिक्षक जीवन सिनकेमानलाई बल हस्तान्तरण गर्दै सुरुवात गरेको थियो ।
कार्यक्रमअन्तर्गत स्थानिय युवा प्रतिभाहरुको पहिचान गरि फुटबल प्रशिक्षण गराइने छ ।
प्रशिक्षणमा सहभागी हुन खेलाडीेहरुलाई क्लबले ‘सी’ डिभिजन छनोटलगायत अन्य विभिन्न प्रतियोगिताहरुमा अवसर दिने तयारी समेत गरेको छ ।
भक्तपुर फुटबल क्लबले स्कुलका विद्यार्थीहरुलाई लक्षित गरेर ग्रासरुट कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।