एजेन्सी । जर्मन महारथी ब्रायन म्युनिख बुडेसलिगामा तुलनाल्मक रुपमा कमजोर प्रतिद्वन्दी बुरुसिया मोनचेनग्लाबाकसंग पराजित भएको छ ।

सनिवार राति भएको खेलमा ब्रायन म्युनिख बुरुसिया मोनचेनग्लाबाकसंग ३–२ ले पराजित भएको हो ।

स्टादियन इम बुरुसिया पार्क रंगशालामा भएको खेलमा ८ औं मिनेटमा भ्रमणकारी टोली ब्रायन १० खेलाडीमा समेतिएको थियो ।

ब्रायनका दायोट उपामेकानोले रोतो कार्ड पाउँदै मैदान छोड्दा साविक विजेता ब्रायन १० खेलाडीमा समेतिएको थियो ।

त्यसको ५ मिनेट पछि मोनचेनग्लाबाकले खेलमा अग्रता लियो । १३ औं मिनेटमा घरेलु टोलीका लागि लार्स स्टिन्दलले गोल गर्दै १–० ले अघि बढाए ।

३५ औं मिनेटमा इरिक म्याक्सिम चौपो मोटिङको गोलमार्फत ब्रायनले खेल १–१ को बराबरीमा ल्याए ।

दोस्रो हाफको ५५ औं मिनेटमा जोनास होफम्यानले गोल गर्दा घरेलु टोलीले पुनः खेलमा २–१ को अग्रता लियो ।

त्यसपछि ८४ औं मिनेटमा मार्कुस थुरामले गोल गर्दा मोनचेनग्लाबाक ३–१ ले अघि बढ्यो । खेलको अन्त्यतिर ९३ औं मिनेटमा ब्रायनका म्याथिस टेलले गोल फर्काउँदै खेललाई ३–२ मा ल्याए ।

लिग लिडर ब्रायनलाई पराजित गरेको मोनचेनग्लाबाक २१ खेलमा २९ अंक जोड्दै बुडेसलिगाको तालिकामा आठौं स्थानमा उक्लेको छ ।

यता, पराजित ब्रायनको समान खेलमा ४३ अंक छ । ब्रायन तालिकाको शीर्ष स्थानमै कायम छ ।

सनिवार राति नै भएको अन्य खेलहरुमा होफिङहममाथि अग्सबर्गले १–० को जित हात पार्दा भिएफएल उल्भ्सबर्ग आरबी लाइपिजिङसंग ३–० ले पराजित भयो ।

त्यस्तै, भिएफबी स्टुटगार्डले एफसी कोल्नलाई ३–० ले हराउँदा भिएफएल बोचुमभने एससी फ्रेइबर्गसंग २–० ले पराजित भयो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.