एजेन्सी । जर्मन महारथी क्लब ब्रायन म्युनिखले भिएफबी स्टटगार्डलाई पराजित गर्दै जर्मन बुडेसलिगाको शीर्ष स्थानमा उक्लिएको छ ।
सनिवार राति भएको खेलमा भिएफबी स्टटगार्डलाई ब्रायन म्युनिखले २–१ को गोलअन्तरले पराजित गरेको हो ।
मर्सिडिज बेन्ज एरिना रंगशालामा भएको खेलमा ३९ औं मिनेटमा मेथिज दि लिटको गोलमार्फत ब्रायनले १–० को अग्रता लिएको थियो ।
दि लिटका लागि जमाल मुसियालाले गोलका लागि अवसर सिर्जना गरिदिएका थिए । त्यसपछि ६२ औं मिनेटमा इरिक म्याक्सिम चौपो मोटिङले गोल थप्दा ब्रायन खेलमा २–० ले अघि बढ्यो ।
यता, स्टटगार्डका लागि ८८ औं मिनेटमा जुवान पेरेराले एक गोल फर्काउदा खेल २–१ ले सकियो ।
जितसंगै साविक विजेता समेत रहेको ब्रायनको २३ खेलमा ४९ अंक भएको छ । दोस्रो स्थानमा रहेको बुरुसिया डर्टमण्डको पनि समान खेलमा समान अंक रहेतापनि गोलअन्तरका आधारमा ब्रायन शीर्ष स्थानमा उक्लिएको हो ।
यता पराजित स्टटगार्डको २३ खेलमा १९ अंक छ । स्टटगार्ड तालिकाको १५ औं स्थानमा छ ।
बुडेसलिगाअन्तर्गत गयराति नै भएको अन्य खेलहरुमा अग्सबर्गले वेरदेर ब्रेमेनलाई २–१ ले हराउँदा भिएफएल बोचुम साल्के ०४ संग २–० ले पराजित रह्यो । मोग्लाबाच र एससी फेइवर्गले गोलरहित बराबरी खेल्यो ।
त्यस्तै, मैनिज ०५ ले होफिङहेमलाई १–० ले पराजित गर्दा एफसी युनियन बर्लिन एफसी क्लोनसंग गोलरहित बराबरीमा रोकिएको छ ।