एजेन्सी । युरोपेली क्लब फुटबलको सर्वाधिक लोकप्रिय प्रतियोगिता युईएफए च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत दोस्रो लेग खेलका चार खेलहरु बुधवार र विहिवार राति सम्पन्न भए ।

युरोपेली क्लब फुटबलको सर्वोच्च प्रतियोगिताको प्रि–क्वाटरफाइनलको दोस्रो लेग खेलमा जर्मन महारथी क्लब ब्रायन म्युनिख, इंग्लिस क्लब चेल्सी र पोर्चुगिच क्लब बेन्फिकाले जित हात पार्दा इंग्लिस क्लब टोटनहम हटस्पर र इटालियन क्लब एसी मिलानले गोलरहित बराबरी खेले ।

अन्तिम १६ को दोस्रो लेग खेलअन्तर्गत विहिवार राति दुई खेल सम्पन्न भए ।

उपाधि दावेदार मानिएको दुई बलिया टोली जर्मन महारथी ब्रायन म्युनिख र फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मन (पिएसजी) बुडेसलिगा क्लबको घरेलु मैदान एलियान्ज एरिनामा आमनेसामने भएका थिए ।

जसमा घरेलु टोलीले बाजी मार्यो । ब्रायनले पिएसजीलाई २–० ले हराउँदा समग्रमा ३–० को जित निकालयो ।

यसअघि पहिलो लेग खेलमा यी दुई हेभिवेट टोली पिएसजीको घरेलु मैदानमा भिडेका थिए । त्यहाँ पनि ब्रायनले १–० ले खेल जितेको थियो ।

जितसंगै महत्वपूर्ण जितसंगै ब्रायनले क्वाटरफाइनलमा स्थान बनाउँदा पिएसजीको च्याम्पियन्स लिग जित्ने महत्वकान्छा फेरी एकपटक अन्तिम १६ बाटै तुहिएको छ ।

विहिवार राति नै भएको अर्को खेलमा प्रिमियर लिग क्लब टोटनहम हटस्पर र एसी मिलान टोटनहम हटस्पर रंगशालामा आमनेसामने भएका थिए ।

पहिलो लेग खेलमा इंग्लिस टोली टोटनहम इटालियन टोली एसी मिलानसंग १–० ले पराजित भएको थियो । त्यसैले घरेलु मैदानमा स्पर्सका रुपमा समेत चिनिने टोटनहमलाई प्रतियोगितामा कायम रहन जित्नै पर्ने थियो ।

तर, खेल गोलरहित बराबरीमा सकिँदा टोटनहम समग्रमा १–० को हार बेर्होदै प्रतियोगिताबाट बाहिरियो । यता, मिलान भने सन् २०१२ पछि पहिलोपल्ट च्याम्पियन्स लिगको क्वाटरफाइनल प्रवेश गर्यो ।

यसअघि बुधवार राति पनि दुई खेल भएका थिए । इंग्लिस क्लब चेल्सीले जर्मन क्लब बुरुसिया डर्टमन्डलाई स्टामफोर्ड ब्रिज रंगशालामा निम्त्याएको थियो ।

लण्डन क्लबको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीले डर्टमण्डमाथि २–० को जित निकाल्यो । त्यसअघि पहिलो लेग खेलमा बुडेसलिगा क्लबले १–० को जित निकालेको थियो ।

यता, दोस्रो लेग खेलमा २ गोल बेहोरेपछि डर्टमण्ड समग्रमा २–१ ले पछि पर्दै प्रतियोगिताबाट बाहिरिदा जारी सिजन लयमा आउन निक्कै संर्घष गरिरहेको प्रिमियर लिग क्लबले अन्तिम ८ को स्थान सुरक्षित गर्यो ।

त्यस्तै, बुधवार राति नै भएको अर्को खेलमा पोर्चुगिच क्लब बेन्फिकाले बेल्जियम टोली क्लब बुर्गमाथि ५–१ को फाराकिलो जित रच्यो ।

पहिलो लेग खेलमा पनि पोचुगिच टोलीले २–० को जित हात पारेको थियो । बेन्फिकाले समग्रमा ७–१ को जित निकाल्दै च्याम्पियन्स लिगको क्पाटरफाइनल स्थान सुरक्ष्नित गर्यो ।

यता, बेल्जियम क्लब भने पराजयसंगै प्रतियोगिताबाट बाहिरिएको छ ।

च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ अन्तर्ग दोस्रो लेगको बाँकी चार खेल आउँने बुधवार र विहिवार राति हुनेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.