एजेन्सी । कोल पाल्मर प्रेरित चेल्सीले प्रिमियर लिगमा ब्राइटनमाथि जित निकालेको छ ।
सनिवार राति भएको खेलमा पाल्मरले ह्याट्रिकसहित चार गोल गर्दा चेल्सीले ब्राइटनमाथि ४–२ को जित निकालेको हो ।
लण्डन क्लबको घरेलु मैदान स्टामफोर्ड ब्रिज रंगशालामा भएको खेलमा जिर्योजिन्यो रुटरको गोलमार्फत् ब्राइटनले सुरुवाती अग्रता लियो ।
तर, २१ औं मिनेटमा निकोलास ज्याकसनको पासाम पाल्मरले घरेलु टोलीका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
त्यस्तै, २८ औं मिनेटमा पाल्मरले पेनाल्टीमा गोल थप्दै चेल्सीलाई २–१ ले अघि बढायो ।
त्यसको तीन मिनेटपछि नै पाल्मरले व्यक्तिगत रुपमा ह्याट्रिक पूरा गर्दा लण्डन क्लब ३–१ ले अघि बढ्यो ।
यता, ३४ औं मिनेटमा ब्राइटनका लागि कार्लोस बलेबाले गोल फर्काउँदा खेल ३–२ को अवस्थामा आयो ।
तर, ४१ औं मिनेटमा जोडन सान्चोको पासमा पाल्मरले चौथौं गोल थप्दा खेलमा ४–२ ले चेल्सी अघि बढ्यो ।
त्यसपछि खेलमा थप गोल निस्किएन र खेल चेल्सीले जित्यो ।
महत्वपूर्ण जितसंगै चेल्सीले ६ खेलबाट १३ अंक जोड्दै लिग तालिकाको तेस्रो स्थानमा उक्लेको छ ।
पराजित ब्राइटन भने समान ६ खेलबाट ९ अंकसहित तालिकाको आठौं स्थानमा झरेको छ ।