
एजेन्सी । लिभरपूलले युईएफए च्याम्पियन्स लिगमा बोलोग्नामाथि सहज जित निकालेको छ ।
विहिवार राति भएको खेलमा इंग्लिस क्लब लिभरपूलले इटालियन क्लब बोलोग्नामाथि २–० को सहज जित निकालेको हो ।
मर्सिसाइड क्लबको घरेलु मैदान एन्डफिल्ड रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन मोहम्मद सल्लाह र एलेसिक्स म्याक अलिस्टेरले गोल गरे ।
खेल सुरु भएको ११ औं मिनेटमा सल्लाहको पासमा म्याक अलिस्टेरले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि दोस्रो हाफको ७५ औं मिनेटमा डोमिनिक स्जोबोस्जलाइको पासमा सल्लाहले गोल थप्दा लिभरपूल २–० ले विजयी भयो ।
सहज जितसंगै मर्सिसाइड क्लबले २ खेलबाट ६ अंक जोड्दै लिग तालिकाको पाँचौं स्थानमा उक्लेको छ ।
पराजित बोलोग्नाको समान २ खेलमा १ अंकसहित तालिकाको २६ औं स्थानमा रहेको छ ।