Soccer Football - Serie A - Bologna v Juventus - Stadio Renato Dall'Ara, Bologna, Italy - May 20, 2024 Juventus' Kenan Yildiz celebrates scoring their third goal with Federico Chiesa REUTERS/Alberto Lingria TPX IMAGES OF THE DAY

एजेन्सी । इटालियन फुटबलको शीर्ष लिग सिरी ए अन्तर्गत खेलमा युभेन्टसले बोलोग्नामाथि पुनरागमन बराबरी खेलेको छ ।

सोमवार राति भएको खेलमा एक समय तीन गोलले पछि परेको स्थितिलाई उल्ट्याउँदै युभेन्टसले बोलोग्नामाथि ३–३ को बराबरी खेलेको हो ।

बोलोग्नाको घरेलु मैदान रेनाटो डलएरा रंगशालामा भएको खेलमा रिकार्डो कालाफियोरीले दुई गोल गर्दा सान्टियागो कास्ट्रोले एक गोल थपे ।

यता, भ्रमणकारी टोली युभेन्टसका लागि फेडेरिको चिएसा, एरिक मिलिक र केनान यलदिजले समान एक–एक गोल फर्काए ।

खेल सुरु भएको दोस्रो मिनेटमा कालाफियोरीले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलायो ।

त्यसपछि ११ औं मिनेटमा काकपेर उवार्नस्कीको पासमा कास्ट्रोले गोल थप्दा बोलोग्ना २–० ले अघि बढ्यो ।

यता, दोस्रो हाफको ५३ औं मिनेटमा कास्ट्रोकै पासमा कालाफियोरीले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा बोलोग्ना ३–० को आरामदायी अग्रतासहित अघि बढ्यो ।

तर, चिएसाले ७६ औं मिनेटमा युभेन्टसका लागि गोल फर्काउँदा खेल ३–१ को अवस्थामा आयो ।

त्यसपछि ८३ औं मिनेटमा युभेन्टसका लागि मिलिकले गोल फर्काउँदा खेल ३–२ को रोमाञ्चक अवस्थामा आयो ।

लगत्तै त्यसको एक मिनेटपछि नै युभेन्टसका यलदिजले गोल गर्दा खेल ३–३ को बराबरीमा आयो ।

पुनरागमन बराबरीसंगै महत्वपूर्ण एक अंक पाएको युभेन्टसले ३७ खेलमा ६८ अंक जोड्दै लिग तालिकाको चौथौं स्थानमा कायम रहेको छ ।

घरेलु टोली बोलोग्नाको पनि समान ३७ खेलमा ६८ अंक अंक भएतापनि गोलअन्तरका आधारमा तालिकाको तेस्रो स्थानमा कायम रह्यो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.