एजेन्सी । वेल्सका कप्तान ग्यारेथ बेलले फुटबलबाट सन्यासको घोषणा गरेको छ ।

रियल मड्रिडका पूर्व स्टारले सोमवार व्यवसायिक तथा अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् ।

कार्डिफ सिभिल सर्भिसबाट फुृटबल करियर सुरु गरेका उनले सन् १९९९ देखि २००७ सम्म इंग्लिस प्रिमियर लिग क्लब साउथह्याम्टनमा बिताए ।

साउथह्याम्टनबाट इंग्लिस क्लब टोटनहम पुगेका उनले ६ सिजन बस्दा उचाइ लिएको थियो । उनले टोटनहमका लागि १४६ खेल खेल्दा ४६ गोल गरे ।

त्यसपछि स्पेनिस राजधानी मड्रिड पुगेका उनले सन २०१३ देखि २०२२ सम्म रियल मड्रिडको जर्सीमा खेले । ३३ वर्षिय खेलाडीको स्वर्णिम पल मड्रिडमै बित्यो ।

उनले रियल मड्रिडको जर्सीमा पाँचपटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जित्दा ३ पटक ला लिगको उपाधि उचाले ।

रियल मड्रिडको बसाईमा उनले क्लब फुटबलका चर्चित प्राय सबै उपाधि जिते । उनले रियलको लागि १७६ खेलमा ८१ गोल गरेका छन् ।

त्यसपछि सन् २०२०–२१ को सिजन लोनमा टोटनहम फर्केका बेल एक वर्षअघि अमेरिकी क्लब लस एन्जलस एफसीमा आबद्व भएका थिए ।

कतार विश्वकपमा वेल्सको कप्तानी गरेका बेलले वेल्सका लगि १११ खेल खेल्दै ४६ गोल गरेका छन् । वेल्सका लागि सर्वाधिक गोल बेलले नै गरेका छन् ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.