एजेन्सी । जर्मन महारथी बायर्न म्युनिखले युरोपेली क्लब फुटबलको शीर्ष प्रतियोगिता युईएफए च्याम्पियन्स लिगमा जित निकालेको छ ।
बुधवार राति भएको खेलमा बार्यन म्युनिखले पोर्चुगिच क्लब बेन्फिकामाथि १–० को जित निकालेको हो ।
जर्मन क्लबको घरेलु मैदान एलियान्ज एरिना रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन जमाल मुसियालाले एकमात्र निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ६७ औं मिनेटा ह्यारी केनको पासमा मुसियालाले गोल गर्दै म्युनिखलाई १–० ले जिताए ।
महत्वपूर्ण जितसंगै म्युनिखले ४ खेलबाट ६ अंक जोडेर लिग तालिकाको १७ औं स्थानमा उक्लिएको छ ।
पराजित बेन्फिकाको भने समान ४ खेलमा समान ६ नै अंक भएतापनि गोलअन्तरका आधारमा १९ औं स्थानमा झरेको छ ।