एजेन्सी । फ्रान्सेली राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य करिम बेन्जामाले राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेका छन् ।
पछिल्लो पटकको बेलोन डीओआर विजेतासमेत रहेका फ्रान्सेली फरवार्ड कतार विश्वकपको फ्रान्सेली टोलीमा समेतिएता पनि चोटका कारण मैदान बाहिर रहेका थिए ।
उनले सोमवार सामाजिक सञ्जाल ट्विटरमार्फत राष्ट्रिय टोलीबाट सन्यासको कुरा सार्वजनिक गरेका हुन् ।
‘मैले करियरमा केहि राम्रो गरे, साथसाथै केहि गल्ती पनि गरे हुँला । तर, म आज जहाँ छु गर्व गर्छु ।’ बेन्जामाले लेखेका छन्, ‘मैले व्यक्तिगत रुपमा र राष्ट्रिय रुपमा केहि कथा रचेको छु । राष्ट्रका लागि मेरो कथा यहि सक्न गइरहेको छु ।’
यरोपेली सञ्चारमाध्यमहरुका अनुसार बेन्जामा फ्रान्सेली राष्ट्रिय प्रशिक्षक डिडिर डेस्च्याम्पसंग असन्तुष्ट थिए ।
व्यवसायिक रुपमा रियल मड्रिडवाट खेल्ने ३५ वर्षिय खेलाडीले फ्रान्सका लागि ९७ खेलमा ३७ गोल गरेका छन् ।
बेन्जामाले यसअघिको रसिया विश्वकपमा पनि राष्टबाट्र पाएका थिएनन् ।