एजेन्सी । इग्ल्याण्ड राष्ट्रिय महिला टिमकी सदस्य तथा आर्सनलकी फरवार्ड बेथ मिडले बीबीसी स्पोर्ट्स पर्सनालिटी अफ द इयर अवार्ड जितेकी छिन् ।
यो अवार्ड ब्रिटिस खेलाडीहरुलाई दिइने अवार्ड हो ।
सार्वजनिक भोटका आधारमा छानिने उक्त अवार्डमा क्रिकेटतर्फका चर्चित खेलाडी बेन स्टोक्सलाई पछि पार्दै बेथले अवार्ड जितेकी हुन् ।
बेथ यो अवार्ड जित्ने पहिलो महिला फुटबल खेलाडी समेत बनेकी छिन् ।
२७ वर्षीय बेथले इग्ल्याण्डलाई सन् २०२२ को महिला युरो कपको उपाधि दिलाउन महत्त्वपूर्ण योगदान दिएकी थिइन् । इग्ल्याण्डले महिला फुटबलको पहिलो मुख्य उपाधि जित्दा उनले ४ गोल गरेकी थिइन् ।
यसअघि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले बीबीसी स्पोर्ट्स पर्सनालिटी वर्ल्ड स्पोर्ट्स स्टार अफ द इयर अवार्ड जितेका थिए ।
मेसीले जितेको अवार्ड गैरब्रिटिस खेलाडीहरुमध्ये उत्कृष्टलाई प्रदान गरिने अवार्ड हो ।