Royal Challengers Bengaluru celebrating win during the final of the Indian Premier League season 18 (IPL 2025) between Royal Challengers Bangalore and Punjab Kings held at the Narendra Modi Stadium, Ahmedabad on the 3rd June 2025 Photo by: s Saikat Das / Sportzpics for IPL

एजेन्सी । रोयल च्यालेन्जर्स बेङ्गलुरुले १८ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपिएल) को उपाधि जितेको छ ।

मंगलवार राति भएको फाइनल खेलमा पञ्जाब किंग्समाथि ६ रनको रोमाञ्चक जित हासिल गर्दै रोयल च्यालेन्जर्स बेङ्गलुरुले आईपिएलको उपाधि जितेको हो ।

योसंगै आईपिएलले बेङ्गलुरुका रुपमा नयाँ विजेता पाएको छ ।

पराजित पञ्जाब भने उपविजेतामै सिमित बन्यो ।

भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा भएको उपाधि भिडन्त खेलमा १९१ रनको विजयी लक्ष्य पछ्याएको पञ्जाब निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै मात्र १८४ रनमा समेतियो ।

पञ्जाबका लागि शशांक सिंहले ३० बलमा ३ चौका र ६ छक्का प्रहार गरेर ६१ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा विकेटकिपर जोश इंग्लिसले २३ बल खेलेर १ चौका र ४ छक्का प्रहार गर्दै ३९ रन बनाएर पेविलियन फर्किए ।

त्यस्तै, ओपनर ब्याट्सम्यान प्रियान्स आर्याले १९ बलमा ४ चौका प्रहार गर्दै २४ रन जोडेर आउट हुँदा अर्का ओपनर प्रभसिमरन सिंहले २२ बल खेल्नेक्रममा २ छक्का प्रहार गर्दै २६ रन जोडेर पेविलियन फर्किए ।

यता, नेहाल वाधेराले १८ बलमा १ छक्का प्रहार गर्दै १५ रन जोडेर आउट हुँदा मार्कुस स्टोइनिस ६ तथा कप्तान श्रेयस अय्यर र अज्मतुल्लाह ओमारजायी १–१ रनमा पेविलियन फर्किए ।

केयल जेमिसन शुन्य रनमा अविजित रहे ।

पञ्जाबले अतिरिक्त रुपमा ११ रन जोड्यो ।

पञ्जाबमाथि सनसनी जित रच्न बेङ्गलुरुका लागि भुवनेश्वर कुमार र कुर्णाल पाण्डेयाले समान २–२ विकेट लिँदा यश दयाल, जोश हाज्लेउड र रोमारियो शेफर्डले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको बेङ्गलुरुले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाएर १९० रन जोड्यो ।

बेङ्गलुरुका लागि ओेपनर ब्याट्सम्यान विराट कोहोलीले ३५ बलमा ३ चौका प्रहार गर्दै ४३ रन जोड्दा लैम लिभिङस्टोनले १५ बल खेल्दै २ छक्का प्रहार गरेर २५ रन बनाएर पेविलियन फर्किए ।

त्यस्तै, कप्तान रजत पातिदारले १६ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २६ रन जोडेर पेविलियन फर्किदा मयङ्क अग्रवालले १८ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २४ रन जोडेर भए ।

यता, विकेटकिपर जितेश शर्माले १० बलमा २ चौका र २ छक्का प्रहार गर्दै २४ रन बनाएर आउट हुँदा रोमेरो शेफर्डले ९ बल खेल्नेक्रममा १ चौका र १ छक्का प्रहार गर्दै १७ रन जोडेर पेविलियन फर्किए ।

अर्का ओपनर फिल साल्टले ९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १६ रन जोडेर आउट हुँदा कुर्णाल पाण्डेया ४ र भुवनेश्वर कुमार १ रनमा पेविलियन फर्किए ।

यश दयाल भने १ रनमा अविजित रहे ।

बेङ्गलुरुले अतिरिक्त रुपमा ९ रन जोड्यो ।

पञ्जाबका लागि अर्शदिप सिंह र केयल जेमिसनले समान ३–३ विकेट लिँदा अज्मतुल्लाह ओमारजायी, विजय कुमार र युजभेन्द्र चाहलले १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.