Yashaswi Jaiswal of Rajasthan Royals plays a shot during the eliminator match of the Indian Premier League season 17 (IPL 2024) between Rajasthan Royals and Royal Challengers Bangalore held at the Narendra Modi Stadium , Ahmedabad on the 22nd May 2024. Photo by Vipin Pawar / Sportzpics for IPL

एजेन्सी । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत इलिमिनेटर खेलमा रोयल च्यालेजर्स बेङ्गलोरुमाथि जित निकाल्दै राजस्थान रोयल्स क्वालिफायर २ मा प्रवेश गरेको छ ।

बुधवार राति भएको आईपिएलअन्तर्गत इलिमिनेटर खेलमा बेङ्गलोरुमाथि ४ विकेटको जित निकाल्दै राजस्थान रोयल्स क्वालिफायर २ मा प्रवेश गरेको हो ।

अब राजस्थानले क्वालिफायर दुईमा सनराइजर्स हैदराबादसंग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने भएको छ ।

पराजित बेङ्गलुरु भने प्रतियोगिताबाट बाहिरिएको छ ।

अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा भएको खेलमा १७३ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको राजस्थानले १९ ओभर खेल्नेक्रममा ६ विकेट गुमाउँदै १७४ रन जोड्यो ।

राजस्थानलाई महत्वपूर्ण जित दिलाउन ओपनर ब्याट्सम्यान यश्वस्वी जैसवालले ३० बलमा ८ चौका प्रहार गर्दै ४५ रन जोड्दा रियान परागले २६ बल खेलदै २ चौका र २ छक्का प्रहार गर्दै ३६ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, शिमरन हेटमायरले १४ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २६ रन जोडेर आउट हुँदा अर्का ओपनर टम कोहलेर काडमोरले १५ बल खेल्नेक्रममा ४ चौका प्रहार गर्दै २० रन जोडेर पेविलियन फर्किए ।

यता, कप्तान तथा विकेटकिपर सन्जु सामसनले १३ बलमा १ छक्का प्रहार गर्दै १७ रन जोडेर आउट हुँदा रोभम्यान पोवेलले ८ बलमा खेल्दै २ चौका र १ छक्का प्रहार गर्दै १६ रन जोडेर अविजित रहे ।

ध्रुव जुरेल ८ रनमा रनआउट हुँदा रविचन्द्र आश्विन शुन्य रनमा अविजित रहे ।

राजस्थानले अतिरिक्त रुपमा ६ रन जोड्यो ।

बेङ्गलुरुका लागि मोहम्मद सिराजले ४ ओभर बलिङ गर्नेक्रममा ३३ रन दिएर २ विकेट लिँदा लोकी फर्गुसन, कर्ण शर्मा र क्यामरन ग्रिनले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको बेङ्गलुरुले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १७२ रन जोड्यो ।

बेङ्गलुरुका लागि ओपनर ब्याट्सम्यान विराट कोहोलीले २४ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३३ रन जोडेर आउट हुँदा रजत पातिदारले २२ बल खेल्दै २ चौका र २ छक्का प्रहार गर्दै ३४ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, माहिपाल लोमरोरले १७ बल खेल्दै २ चौका र २ छक्का प्रहार गदैए ३२ रन जोडेर पेविलियन फर्किदा क्यामरन ग्रिनले २१ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २७ रन जोडेर आउट भए ।

अर्का ओपनर तथा कप्तान फाफ दु प्लेसिसले १४ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २७ रन जोडेर आउट हुँदा विकेटकिपर दिनेश कार्तिकले १३ बलको सामना गर्दा १ चौका मद्दतमा ११ रन जोडेर पेविलियन फर्किए ।

यता, स्वप्निल सिंह ९ रनमा अविजित रहँदा कर्ण शर्मा ५ र ग्लिन म्याक्सवेल शुन्य रनमा पेविलियन फर्किए ।

बेङ्गलुरुले अतिरिक्त रुपमा ४ रन जोड्यो ।

राजस्थानका लागि आभेस खानले ४ ओभर बलिङ गर्दै ४४ रन खर्चिएर ३ विकेट लिँदा रविचन्द्र आश्विनले ४ ओभरमा १९ रन दिएर २ विकेट लिए ।

त्यस्तै, ट्रेन्ट बोल्ट, सन्दिप शर्मा र युजभेन्द्र चाहलले समान १–१ विकेट लिए ।

क्वालिफायर २ अन्तर्गत खेल शुक्रवार राति हुनेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.