एजेन्सी । जर्मन महारथी बायर्न म्युनिखले बुडेसलिगामा वेर्डेर ब्रेमेनमाथि फराकिलो जित निकालेको छ ।
सनिवार राति भएको खेलमा बलियो बायर्न म्युनिखले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी बेर्डेर ब्रेमेनमाथि ५–० को फराकिलो जित निकालेको हो ।
ब्रेमेनको घरेलु मैदान वेसेरस्टाडियन रंगशालामा भएको खेलमा भ्रमणकारी टोली म्युनिखलाई जिताउन माइकल ओस्लेले दुई गोल गर्दा ह्यारी केन, जमाल मुसियाला र सेर्जे जिनाब्रीले एक–एक गोल थपे ।
पहिलो हाफको २३ औं मिनेटमा केनको पासमा ओस्लेले गोल गर्दै म्युनिखलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि ३२ औं मिनेटमा ओस्लेको पासमा मुसियालाले गोल थप्दा म्युनिख २–० ले अघि बढ्यो ।
त्यस्तै, दोस्रो हाफको ५७ औं मिनेटमा ओस्लेकै पासमा केनले गोल थप्दा जर्मन महारथी क्लब ३–० ले अघि बढ्यो ।
यता, ६० औं मिनेटमा ओस्लेले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा म्युनिख ४–० ले अघि बढ्यो ।
६५ औं मिनेटमा केनको पासमा जिनाब्रीले गोल थप्दा म्युनिख ५–० ले विजयी भयो ।
फराकिलो जितसंगै म्युनिखले चार लिग खेलबाट शतप्रतिशत जितका साथ तालिकाको शीर्ष स्थानमा कायम रहेको छ ।
पराजित ब्रेमेनको भने समान चार खेलबाट पाँच अंकसहित तालिकाको १० औं स्थानमा झरेको छ ।