एजेन्सी । जर्मन महारथी बायर्न म्युनिखले बुडेसलिगाअन्तर्गत खेलमा होलस्टेन केइलमाथि फराकिलो जित निकालेको छ ।

सनिवार राति भएको खेलमा बलियो बायर्न म्युनिखले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी होलस्टेन केइलमाथि ६–१ को फराकिलो जित निकाल्यो ।

केइलको घरेलु मैदान होलस्टेन स्टाडिअन रंगशालामा भएको खेलमा भ्रमणकारी टोली म्युनिखलाई जिताउन ह्यारी केनले ह्याट्रिक हान्दा जमाल मुसियाला र माइकल ओस्लेले समान एक–एक गोल थपे ।

अर्को एक गोल भने घरेलु टोलीका निकोलाइ रेमबर्गले आत्मघाती उपहार दिए ।

यता, घरेलु टोली केइलका लागि भने अर्मिन जिगोभिकले सान्तोना गोल गरे ।

खेल सुरु भएको पहिलो मिनेटमै केनको पासमा मुसियालाले गोल गर्दै भ्रमणकारी टोलीलाई सुरुवाती अग्रता दिलायो ।

त्यसपछि सातौं मिनेटमा सर्जे जिनाब्रीको पासमा केनले गोल गर्दै म्युनिखलाई २–० ले अघि बढाए ।

यता, १३ औं निेटमा घरेलु टोलीका रेमबर्गले आत्मघाती गोल गर्दा म्युनिख ३–० ले अघि बढ्यो ।

पहिलो हाफको अन्त्यतिर ४३ औं मिनेटमा किंगस्ले कोम्यानको पासमा केनले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा म्युनिख ४–० ले अघि बढ्यो ।

त्यस्तै, दोस्रो हाफको ६५ औं मिनेटमा ओस्लेले गोल थप्दा जर्मन महारथी टोली ५–० ले अघि बढ्यो ।

तर, खेलको ८२ औं मिनेटमा अर्मिनले घरेलु टोलीका लागि एक गोल फर्काउँदा खेल ५–१ को अवस्थामा आयो ।

खेलको इन्जुरी समयको पहिलो मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै व्यक्तिगत रुपमा ह्याट्रिक पूरा गर्दा म्युनिख ६–१ ले विजयी भयो ।

फराकिलो जितसंगै म्युनिखले तीन खेलबाट शतप्रतिशत जितलाई निरन्तरता दिँदा ९ अंक जोडेर लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

होलस्टेन केइलले भने अहिलेसम्म खेलेको तीनै खेलमा पराजय बेहोर्दा तालिकाको पुच्छारमा रहेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.