एजेन्सी । जर्मन महारथी बायर्न म्युनिखले बुडेसलिगाअन्तर्गत खेलमा युनियन बर्लिनमाथि सहज जित निकालेको छ ।
सनिवार भएको खेलमा बायर्न म्युनिखले युनियन बर्लिनमाथि ३–० को जित निकालेको हो ।
म्युनिखको घरेलु मैदान एलियान्ज एरिना रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन ह्यारी केनले दुई गोल गर्दा किंगस्ले कोम्यानले एक गोल थपे ।
खेल सुरु भएको १५ औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।
त्यस्तै, पहिलो हाफको अन्त्यतिर ४३ औं मिनेटमा केनको पासमा कोम्यानले गोल थप्दा जर्मन महारथी क्लब २–० ले अघि बढ्यो ।
यता, दोस्रो हाफको ५१ औं मिनेटमा कोम्यानको पासमा केनले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा म्युनिख ३–० ले विजयी भयो ।
सहज जितसंगै म्युनिखले ९ खेलबाट २३ अंक जोडेर लिग तालिकाको शीर्ष स्थानमा कायम रहेको छ ।
पराजित युनियन बर्लिनको समान ९ खेलमा १५ अंक सहित तालिकाको सातौं स्थानमा झरेको छ ।