
एजेन्सी । बायर लेभरकुसेनले जर्मन बुडेसलिगामा इन्ट्राक्ट फ्राङ्कफ्रुटमाथि पुनरागमन जित हासिल गरेको छ ।
सनिवार राति भएको खेलमा साविक विजेता बायर लेभरकुसेनले इन्ट्राक्ट फ्राङ्कफ्रुटमाथि २–१ को पुनरागमन जित हासिल गरेको हो ।
लेभरकुसेनको घरेलु मैदान बायएरिना रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन रोर्बट एन्डरिच र भिक्टर बोनिफेसले गोल गरे ।
पराजित भ्रमणकारी टोलीका लागि भने ओमार मारमौशले एक गोल गरे ।
खेल सुरु भएको ९ औं मिनेटमा घरेलु टोलीले पेनाल्टी पाएतापनि बोनिफेस चुक्दा सुरुवाती अग्रता लिनबाट चुक्यो ।
यता, १६ औं मिनेटमा भने मारमौशले पेनाल्टीमा गोल गर्दै भ्रमणकारी टोलीलाई १–० ले अघि बढाए ।
तर, २५ औं मिनेटमा मार्टिन टेरिएरको पासमा एन्डरिचले घरेलु टोलीका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
त्यस्तै, दोस्रो हाफको ७१ औं मिनेटमा बोनिफेसले गोल गर्दा लेभरकुसेन २–१ ले विजयी भयो ।
जितसंगै साविक विजेता टोलीले ७ खेलबाट १४ अंक जोड्दै लिग तालिकाको चौथौं स्थानमा उक्लिएको छ ।
पराजित फ्राङ्कफ्रुटको भने समान ७ खेलमा १३ अंक सहित तालिकाको पाँचौं स्थानमा रहेको छ ।