
एजेन्सी । इन्ट्राक्ट फ्रांकफ्रुटले जर्मन बुडेसलिगामा बुरुसिया डर्टमण्डलाई पराजित गरेको छ ।
शुक्रवार राति भएको खेलमा इन्ट्राक्ट फ्रांकफ्रुटले बुरुसिया डर्टमण्डलाई २–० ले पराजित गरेको हो ।
फ्रांकफ्रुर्टको घरेलु मैदान डेउटस्चे ब्याङ्क पार्क स्टेडियममा भएको खेलमा घरेलु टोलीलाई जिताउन ह्युगो इकिटिके र ओस्कार होज्लुन्डले गोल गरे ।
खेल सुरु भएको १८ औं मिनेटमा रासमुस क्रिस्टेन्सनको पासमा इकिटिकेले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि खेलको अन्त्यतिर इन्जुरी समयको दोस्रो मिनेटमा होज्लुन्डले गोल थप्दै फ्रांकफ्रुर्टलाई २–० ले जिताए ।
सहज जितसंगै फ्रांकफ्रुटले १८ खेलबाट ३६ अंक जोडेर लिग तालिकाको तेस्रो स्थानमा कायम रहेको छ ।
पराजित डर्टमण्डको भने समान १८ खेलमा २५ अंकसहित तालिकाको १० औं स्थानमा रहेको छ ।