Soccer Football - Bundesliga - Eintracht Frankfurt v Bayern Munich - Deutsche Bank Park, Frankfurt, Germany - October 6, 2024 Bayern Munich's Michael Olise in action with Eintracht Frankfurt's Hugo Larsson REUTERS/Kai Pfaffenbach

एजेन्सी । जर्मन महारथी बायर्न म्युनिख बुडेसलिगाअन्तर्गत खेलमा इन्ट्रेक्ट फ्रांकफ्रुटसंग बराबरीमा रोकिएको छ ।

आईतवार राति भएको खेलमा बायर्न म्युनिख इन्ट्रेक्ट फ्रांकफ्रुटसंग ३–३ गोलको बराबरीमा रोकिएको हो ।

फ्रांकफ्रुटको घरेलु मैदान डस्टचे ब्यांक पार्क रंगशालामा भएको खेलमा १५ औं मिनेटमा थोमस मुलरको पासमा किम मिन जायको गोलमा भ्रमणकारी टोली म्युनिखले सुरुवाती अग्रता लियो ।

तर, २२ औं मिनेटमा ओमार मारमौशले घरेलु टोलीका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।

त्यस्तै, ३५ औं मिनेटमा मारमौशकै पासमा ह्युगो इकिटिकेले गोल थप्दा घरेलु टोली २–१ ले अघि बढ्यो ।

तर, ३८ औं मिनेटमा डायोट उपामेकानोले म्युनिखका लागि गोल फर्काउँदा खेल २–२ को बराबरीमा आयो ।

यता, दोस्रो हाफको ५३ औं मिनेटमा ह्यारी केनको पासमा माइकल ओस्लेले गोल गर्दा म्युनिख ३–२ ले अघि बढ्यो ।

प्रतिस्पर्धात्मक खेलको अन्त्यतिर इन्जुरी समयको चौथौं मिनेटमा इरिक जुनियर डिना इबिम्बेको पासमा मारमौशले घरेलु टोलीका लागि गोल फर्काउँदा खेल ३–३ को बराबरीमा सकियो ।

बराबरीसंगै दुबै टोलीले अंक बाँडेका छन् ।

म्युनिखले ६ लिग खेलबाट १४ अंक जोड्दै लिग तालिकाको शीर्ष स्थानमा कायम रहेको छ ।

फ्रांकफ्रुटले भने समान ६ खेलमा १३ अंक जोड्दै लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.