एजेन्सी । जर्मन बुडेसलिगामा बलियो दुई प्रतिद्वन्दी बायर्न म्युनिख र बायर लेभरकुसेनले बराबरी खेलेका छन् ।
सनिवार राति भएको हेभिवेट भिडन्तमा जर्मन महारथी बायर्न म्युनिख र साविक विजेता बायर लेभरकुसेनबीचको १–१ को बराबरी खेलेका हुन् ।
म्युनिखको घरेलु मैदान एलियान्ज रंगशालामा भएको खेलमा दुबै गोल पहिलो हाफमा भयो ।
पहिलो हाफको ३१ औं मिनेटमा ग्रान्ट शाकाको पासमा रोर्बट एन्डरिचले गोल गर्दै भ्रमणकारी टोलीलाई सुरुवाती अग्रता दिलायो ।
तर, ३९ औं मिनेटमा एलेक्जान्डर प्लाहोभिकले म्युनिखका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
त्यसपछि खेलमा थप गोल निस्किएन र खेल बराबरीमा सकियो ।
बराबरीसंगै दुबै टोलीले एक–एक अंक जोडेको छ ।
म्युनिखले ५ खेलमा १३ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिदा समान ५ खेलमा १० अंकसहित लेभरकसेन तेस्रो स्थानमा रहेको छ ।