भक्तपुर । काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत खेलमा बिरगञ्ज युनाइटेड एफसीलाई पराजित गर्दै पोखरा थन्डर्स एफसी दोस्रो स्थानमा उक्लेको छ ।
सनिवारको पहिलो खेलमा पोखरा थन्डर्सले बिरगञ्ज युनाइटेड एफसीलाई २–१ ले पराजित गर्दै लिग तालिकाको दोस्रो स्थानमा उक्लेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा सबै गोल पहिलो हाफमा सम्भव भयो ।
खेलको छैटौं मिनेटमा जोय अैडोको गोलमार्फत् पोखराले सुरुवाती अग्रता लियो ।
तर, त्यसको चार मिनेटपछि नै बिरगञ्जले अैकिन्स बाफोरको गोलमार्फत् खेललाई १–१ को बराबरीमा ल्याए ।
यता, पहिलो हाफको ४४ औं मिनेटमा मोसिस जि. टौमले गोल गर्दा पोखरा २–१ ले अघि बढ्यो ।
दोस्रो हाफमा दुबै टोलीले गोल निकाल्न सकेनन् । र, खेल २–१ ले पोखरा थन्र्डसले जित्यो ।
जितसंगै पोखराले ६ खेलमा ११ अंक जोड्यो ।
पराजित बिरगञ्जको समान खेलमा ५ अंक रहेको छ ।
विरगञ्ज तालिकाको आठौं स्थानमा रहेको छ ।