एजेन्सी । स्पेनिस महारथी बार्सिलोना सुपरकोपा दि इस्पानाको फाइनलमा प्रवेश गरेको छ ।
बुधवार राति भएको सेमिफाइनल खेलमा ला लिगा प्रतिद्वन्दी एट्लेटिक क्लबलाई २–० ले पराजित गर्दै बार्सिलोना स्पेनिस नकआउट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।
साउदी अरबियाको जेदाहस्थित किंग अब्दुल्लाह स्पोर्ट्स सिटी रंगशालामा भएको खेलमा क्याटलान क्लबलाई उपाधि नजिक पु¥याउन गाभी र लाभिन यामलले गोल गरे ।
पहिलो हाफको १७ औं मिनेटमा अलेजान्ड्रो बाल्डेको पासमा गाभीले गोल गर्दै बार्सिलोनालाई १–० ले अघि बढाए ।
त्यसपछि दोस्रो हाफको ५२ औं मिनेटमा गाभीको पासमा यामलले गोल थप्दा क्याटलान क्लब २–० ले विजयी भयो ।