एजेन्सी । नर्विच क्लब ब्रानमाथि जित निकाल्दै बार्सिलोना युरोपेली महिला फुटबलको शीर्ष प्रतियोगिता युईएफए महिला च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

विहिवार राति क्वाटरफाइनलअन्तर्गत दोस्रो लेग खेलमा स्पेनिस क्लब बार्सिलोनाले ब्रानमाथि ३–१ समग्रमा ५–२ को जित निकाल्दै महिला च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो ।

बार्सिलोनाले त्यसअघि पहिलो लेग खेलमा पनि २–१ को जित रचेको थियो ।

बार्सिलोनाको घरेलु मैदान इस्टाडी जोहान क्रुयुफ रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन अ‍ैताना बोनमती, फ्रिदोलिना रोल्फो र प्याट्री गुइजारोले गोल गरिन् ।

पराजित टोलीका लागि टोमिन स्भेनधेइमले सान्तोना गोल फर्काइन् ।

पहिलो हाफको २४ औं मिनेटमा बोनमतीले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाइन् ।

त्यसपछि दोस्रो हाफको ५६ औं मिनेटमा रोल्फोले बार्सिलोनाका लागि गोल थप्दा खेल २–० ले अघि बढ्यो ।

तर, ७० औं मिनेटमा स्भेनधेइमले भ्रमणकारी टोलीका लागि गोल फर्काउँदा खेल २–१ को अवस्थामा फर्कियो ।

यता, खेलको अन्त्यतिर ८८ औं मिनेटमा बोनमतीको असिस्टमा गुइजारोले गोल गर्दा बार्सिलोना ३–१ ले विजयी भयो ।

यता, च्याम्पियन्स लिगअन्तर्गत बिहिवार राति नै भएको अर्को क्वाटरफाइनल खेलमा पेरिस सेन्ट जर्मन (पिएसजी) ले स्विडिस क्लब बिके ह्याच्केनमाथि ३–० समग्रमा ५–१ को जित हासिल गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

पिएसजीको घरेलु मैदान पेरिस देस प्रिन्सेस रंगशालामा भएको क्वाटरफाइनलअन्तर्गत दोस्रो खेलमा पहिलो हाफको २७ औं मिनेटमा ताबिथा चाविङ्गाको गोलमार्फत् घरेलु टोलीले सुरुवाती अग्रता लियो ।

त्यस्तै, दोस्रो हाफको ७० औं मिनेटमा कोर्बिन अल्बर्टले गोल थप्दा फ्रान्सेली क्लब २–० ले अघि बढ्यो ।

त्यसको चार मिनेटपछि नै मारी काटोटोले गोल थप्दा पिएसजी ३–० समग्रमा ५–१ ले विजयी भयो ।

त्यसअघि पहिलो लेग खेलमा पनि पिएसजीले बिके ह्याच्केनमाथि २–१ को जित निकालेको थियो ।

अब सेमिफाइनलमा बार्सिलोनाले इंग्लिस क्लब चेल्सीसंग खेल्ने पक्का हुँदा पिएसजीले ओलम्पिक लियोनेससंग खेल्ने भएको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.