एजेन्सी । साविक विजेता बार्सिलोना जिरोनासंग पराजित भएसंगै रियल मड्रिडले स्पेनिस घरेलु फुटबलको शीर्ष लिग ला लिगाको उपाधि जितेको छ ।
सनिवार राति भएको खेलमा साविक विजेता बार्सिलोना जिरोनासंग ४–२ ले पराजित भएसंगै रियल मड्रिडले चार खेलअगावै ला लिगाको उपाधि जितेको हो ।
जिरोनाको घरेलु मैदान म्युनिसिपल दि मोन्टीलिभी रंगशालामा भएको खेलमा पराजय बेहोरेसंगै बार्सिलोनाको ३४ लिग खेलमा ७३ अंकसहित तालिकाको तेस्रो स्थानमा झरेको छ ।
समान खेल खेलेको जिरोनाले भने ७४ अंक जोड्दै लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
उता, गयराति नै काडिजमाथि ३–० को जित हासिल गरेको रियल मड्रिडले लिगमा ३४ खेलमा ८७ अंक जोडेको छ ।
मड्रिडले जारी लिगमा बाँकी सबै खेलमा हार बेहोरेतापनि निकतम प्रतिद्वन्दीले भेटाउन सक्नेछैन ।
योसंगै स्पेनिस महारथी मड्रिडले ३६ औं ला लिगा उपाधि उचाल्ने पक्का भएको छ ।