एजेन्सी । स्पेनिस महारथी बार्सिलोना युरोपेली क्लब फुटबलको सर्वाधिक लोकप्रिय प्रतियोगिता युईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलवार राति भएको क्वाटरफाइनलअन्तर्गत दोस्रो लेग खेलमा जर्मन क्लब बुरुसिया डर्टमण्डसंग ३–१ गोलअन्तरले पराजित भएपनि समग्रमा ५–३ को जितका साथ बार्सिलोना सेमिफाइनलमा प्रवेश गरेको हो ।

त्यसअघि क्वाटरफाइनलअन्तर्गत पहिलो लेग खेलमा ४ गोलको अग्रता कायम गर्नु नै बार्सिलोनाका लागि अन्तिम चारमा पुग्ने आधार बन्यो ।

जर्मन क्लबको घरेलु मैदान सिग्नल इडुना पार्क रंगशालामा भएको खेलमा क्याटलना क्लबमाथि जित निकालेर पनि घरेलु टोली सेमिफाइनल पुग्न सकेन ।

खेल सुरु भएको ११ औं मिनेटमा सेरहौ गुइरास्सेले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई १–० समग्रमा १–४ को अवस्थामा ल्याए ।

त्यसपछि दोस्रो हाफको ४९ औं मिनेटमा रामे बेनसेबैनीको पासमा गुइरास्सेले नै दास्रो गोल गर्दा जर्मन टोली २–० समग्रमा २–४ को स्थितिमा आयो ।

तर, ५४ औं मिनेटमा डर्टमण्डकै बेनसेबैनीले आत्मघाती गोल गर्न पुग्दा खेल २–१ समग्रमा २–५ को स्थितिमा पुग्यो ।

यता, ७६ औं मिनेटमा गुइरास्सेले व्यक्तिगत रुपमा ह्याट्रिक पूरा गर्दा डर्टमण्ड ३–१ समग्रमा ३–५ को अवस्थामा आयो ।

त्यसपछि खेलमा थप गोल भएन र हारका बाबजुद क्याटलान क्लब सेमिफाइनलमा प्रवेश गर्न सफल रह्यो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.