एजेन्सी । युरोपेली महिला क्लब फुटबलको शीर्ष प्रतियोगिता युईएफए महिला च्याम्पियन्स लिगको उपाधि बार्सिलोनाले जितेको छ ।
सनिवार राति भएको फाइनल खेलमा फ्रान्सेली क्लब लियोनमाथि २–० को जित हासिल गर्दै स्पेनिस क्लब बार्सिलोनाले महिला च्याम्पियन्स लिगको उपाधि जितेको हो ।
स्पेनको बिल्बाओस्थित सान मेम्स रंगशालामा भएको उपाधि भिडन्त खेलमा बार्सिलोनाका लागि अैटाना बोनमती र एलेक्सिया पुटेल्लासले समान एक–एक गोल गरिन् ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ६३ औं मिनेटमा मारिओना कालदेन्टेको पासमा बोनमतीले गोल गर्दै बार्सिलोनालाई १–० ले अघि बढाए ।
यता, इन्जुरी समयको पाँचौं मिनेटमा पुटेल्लासले गोल थप्दा बार्सिलाना २–० ले विजयी भयो ।