MANCHESTER, ENGLAND - FEBRUARY 23: <> during the UEFA Europa League knockout round play-off leg two match between Manchester United and FC Barcelona at Old Trafford on February 23, 2023 in Manchester, England. (Photo by Matthew Peters/Manchester United via Getty Images)

एजेन्सी । युईएफए युरोपा लिगअन्तर्गत प्लेअफको दोस्रो खेलमा स्पेनिस जायन्ट बार्सिलोनामाथि पुनरागमन जित रच्दै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड अघिल्लो चरण प्रवेश गरेको छ ।

विहिवार राति भएको हेभिवेट भिडन्तमा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले क्याटलान क्लब बार्सिलोनामाथि रोमाञ्चक २–१ को पुनरागमन जित निकालेको हो ।

ओल्डट्राफेडमा भएको खेलमा १८ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीमार्फत गोल गर्दै भ्रमणकारी टोलीलाई सुरुवाती अग्रता दिलाएको थियो ।

युनाइटेडका कप्तान ब्रुनो फर्नाडेजले बार्सिलोनाका खेलाडीलाई डिबक्सभित्र लडाएपछि बार्सिलोनाले पेनाल्टीको अवसर पाएको थियो ।

पहिलो हाफ १–० ले अघि रहेको बार्सिलोनाले दोस्रो हाफको ४७ औं मिनेटमा गोल बेहोर्दा खेल १–१ को बराबरीमा आयो । घरेलु टोलीका लागि फर्नाडेजको पासमा फ्रेडले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

त्यसपछि रोमाञ्चक खेलको ७३ औं मिनेटमा परिर्वतित खेलाडीका रुपमा मैदान प्रवेश गरेका एन्टोनीले गोल गर्दा युनाइटेड खेलमा २–१ ले अघि बढ्यो ।

प्रतिस्पर्धात्मक खेलमा थप गोल ननिस्केपछि युनाइटेडले खेल २–१ ले जित्दा प्ले अफमा समग्रमा ४–३ ले विजयी रह्यो ।

प्लेअफ अन्तर्गत पहिलो खेलमा युनाइटेड र बार्सिलोनाले २–२ को बराबरी खेलेको थियो ।

जितसंगै युनाइटेड प्रतियोगिताको अघिल्लो चरण प्रवेश गर्दा बार्सिलोना भने प्रतियोगिताबाट बाहिरिएको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.