एजेन्सी । बायर लेभरकुसेन र एटलान्टा युरोपेली क्लब फुटबलको दोस्रो श्रेणीको प्रतियोगिता युईएफए युरोपा लिगकोे फाइनलमा प्रवेश गरेका छन् ।

विहिवार राति भएको सेमिफाइनलअन्तर्गत दोस्रो लेग खेलमा बायर लेभरकुसेनले रोमासंग २–२ समग्रमा ४–२ को जितका साथ र एटलान्टाले मर्सेलेमाथि ३–० समग्रमा ४–१ को जितसहित युरोपा लिगको फाइनलमा प्रवेश गरेका हुन् ।

जर्मन क्लब लेभरकुसेनको घरेलु मैदान बायएरिना रंगशालामा भएको खेलमा घरेलु टोलीले दुई गोलले पछि परेको स्थितिलाई उल्त्याउँदै बराबरी खेल्यो ।

पहिलो हाफको ४३ औं मिनेटमा लियान्ड्रो परेदेशले पेनाल्टीमा गोल गर्दा इटालियन क्लब रोमा १–० ले अघि बढ्दा समग्रमा खेल २–१ मा आयो ।

त्यसपछि दोस्रो हाफको ६६ औं मिनेटमा परेदेशले पेनाल्टीमा दोस्रो गोल थप्दा खेलमा रोमा २–० ले अघि बढ्दा समग्रमा खेल २–२ को बराबरीमा आयो ।

तर, ८२ औं मिनेटमा रोमाका जियान्लुका मान्चिनीले आत्मघाती गोल गर्न पुग्दा खेल २–१ को अवस्थामा आउँदा समग्रमा लेभरकुसेन ३–२ ले अघि बढ्यो ।

यता, इन्जुरी समयको सातौं मिनेटमा ग्रान्ट छाकाको पासमा जोसिप स्टानिसिकले घरेलु टोलीका लागि गोल फर्काउँदा खेल २–२ ले सकिँदा समग्रमा लेभरकुसेन ४–२ ले विजयी भयो ।

त्यसअघि रोमाको घरेलु मैदानमा भएको सेमिफाइनलअन्तर्गत पहिलो लेग खेलमा लेभरकुसेनले २–० ले विजयी भएको थियो ।

यता, विहिवार राति नै एटलान्टाको घरेलु मैदान गिविस रंगशालामा भएको अर्को सेमिफाइनल खेलमा एटलान्टाले मर्सेलेलाई ३–० समग्रमा ४–१ को जित निकाल्यो ।

खेलको ३० औं मिनेटमा अडेमोला लुकम्यानको गोलमा घरेलु टोलीले सुरुवाती अग्रता लिँदा समग्रमा एटलान्टा २–१ ले अघि बढ्यो ।

त्यसपछि दोस्रो हाफको ५२ औं मिनेटमा लुकम्यानको पासमा माटेओ रुग्गेरीले गोल गर्दा इटालियन क्लब २–० समग्रमा ३–१ ले अघि बढ्यो ।

यता, इन्जुरी समयको चौथौं मिनेटमा इल टाउरेले गोल थप्दा एटलान्टा ३–० समग्रमा ४–१ ले विजयी भयो ।

सेमिफाइनलअन्तर्गत पहिलो लेग खेलमा एट्लान्टा र मर्सेलेले १–१ को बराबरी खेलेको थियो ।

अब युरोपाको उपाधिका लागि बायर लेभरकुसेन र एटलान्टाले मे २३ तारिखमा फाइनल खेल खेल्नेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.