
एजेन्सी । जारी सिजन उच्च लयमा रहेको बायर लेभरकुसेन जर्मन कप डिएफबी–पोकलको फाइनलमा प्रवेश गरेको छ ।
बुधवार राति भएको सेमिफाइनल खेलमा बुडेसलिगा लिगर बायर लेभरकुसेनले जर्मन फुटबलको दोस्रो श्रेणीको डस्सेलडोर्फमाथि ४–० को फराकिलो जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो ।
लेभरकुसेनको घरेलु मैदान बायएरिना रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन फ्लोलियान विर्ट्जले दुई गोल गर्दा जेरेमी फ्रिमपोङ्ग र एमिनी अदिलले समान एक–एक गोल गरे ।
खेल सुरु भएको सातौं मिनेटमा जेरेमीले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।
त्यस्तै, २० औं मिनेटमा फ्लोरियान विर्ट्जको पासमा एमिनीले गोल गर्दा लेभरकुसेन २–० ले अघि बढ्यो ।
यता, ३५ औं मिनेटमा एमिनीको पासमा फ्लोरियानले गोल गर्दा लेभरकुसेन पहिलो हाफसम्ममा ३–० को आरामदायी अग्रता सहित अघि बढ्यो ।
दोस्रो हाफको ६० औं मिनेटमा फ्लोरियानले पेनाल्टीमा गोल थप्दा लेभरकुसेन ४–० ले विजयी भयो ।
अब लेभरकुसेनले उपाधिका लागि दोस्रो श्रेणीकै कैसेरस्लौटर्नसंग प्रतिस्पर्धा गर्ने भएको छ ।