एजेन्सी । पाकिस्तानका कप्तान बाबर आजाम आईसीसी क्रिकेटर अफ द इयर घोषित भएका छन् ।
योसंगै पाकिस्तानी कप्तानले सर गारफिल्ड सोबर्स ट्रफी फर द आईसीसी क्रिकेटर अफ द इयर २०२२ को अवार्ड जितेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले विहिवार उक्त अवार्ड पाकिस्तानी कप्तानले जितेको जनाएको हो ।
पाकिस्तानी कप्तानले सन् २०२२ मा ४४ खेल खेल्दा २५९८ रन बनाएका थिए । त्यसक्रममा उनले ८ शतक र १५ अर्धशतक बनाएका थिए ।
वार्षिक रुपमा प्रदान गर्ने सर गारफिल्ड सोबर्स ट्रफी फर द आईसीसी क्रिकेटर अफ द इयर अवार्ड वर्षका उत्कृष्ट क्रिकेट खेलाडीलाई दिइने गर्दछ ।
उक्त अवार्डका लागि इंग्ल्याण्डका बेन स्टोक, अस्ट्रेलियाका टिम स्मिथ र जिम्बावेका सिकन्दर राजा मनोनयनमा परेका थिए ।
यसअघि भारतीय क्रिकेटर सुर्यकुमार यादव टि–२० क्रिकेटर अफ द इयर घोषित भएका थिए ।