![131295516_173582554485827_7871643543178361929_n](https://i0.wp.com/www.kheldabali.com/wp-content/uploads/2022/11/131295516_173582554485827_7871643543178361929_n.jpg?resize=696%2C413&ssl=1)
भक्तपुर । १९ वर्षमूनीको यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि बागमती प्रदेशले १८ सदस्यीय टोली घोषणा गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने प्रतियोगिताका लागि बागमती प्रदेश क्रिकेट संघले टोली घोषणा गरेको हो ।
बागमतीको टोलीमा अशोक पौडेलको कप्तानीमा उत्तम थापामगर, सक्षम बास्कोटा, योगेश भट्ट, प्रतिक श्रेष्ठ, रोशन विक, सक्रिय कार्की, अभिषेक उपाध्याय, तिलक राज भण्डारी, अभिषेक कोइराला, मिलन राउट, सौगात ढकाल, ओमकार यादव, चन्दन ठाकुर, लकी कायस्थ, प्रशान्त पण्डित, दिपेन बाँनिया र एमडी अहम्मद राजा टोलीमा समेटिएका छन् ।
टोलीको प्रशिक्षकमा सञ्जय महर्जन रहेका छन् भने व्यवस्थापकमा सुजन महर्जन रहेका छन् ।
प्रतियोगिता मंसिर ७ गतेबाट १९ गतेसम्म काठमाडौंस्थित टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछ ।