भक्तपुर । १९ वर्षमूनीको वाइवाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले बागमती प्रदेशमाथि जित हात पार्दै फाइनल प्रवेश गरेको छ ।
सुदुरपश्चिमले बागमतीलाई ७ विकेटले पराजित गरेको हो ।
काठमाडौंस्थित मुलपानी क्रिकेट मैदानमा निर्धारित समयभन्दा ढिला सुरु भएको खेलमा १ सय २५ रनको विजयी लक्ष्य पछेयाएको सुदुरपश्चिमले १९.१ ओभरमा पुरा गरेको हो ।
सुदुरपश्चिमको जितमा अनुराग सिंहले अविजित रहँदै ३९ रनको योगदान दिए । त्यस्तै, मिलन बोहोराले ३३ रन जोड्दा गजेन्द्र बोहोराले अविजित १९ रन बनाए । त्यस्तै, दिपक बोहोराले १७ रन जोड्दा अर्को दीपक बोहोराले १० रन बनाए ।
बागमतीका लागि रोशन विकले २ विकेट लिए । त्यस्तै, प्रतिक श्रेष्ठले पनि १ विकेट लिए ।
त्यसअघि पहिला ब्याटिङ गरेको बागमती प्रदेशले २८.४ ओभर खेल्दै १ सय २४ रन जोड्दै अलआउट भयो ।
बागमतीका लागि प्रतिक श्रेष्ठले ४४ रनको योगदान दिए। त्यस्तै, रोशन विकले अविजित ३६ रन जोडे । सक्षम बस्ताकोटीले पनि ३३ रन बनाए ।
सुदुरपश्चिमका लागि आकाश चन्दले सर्वाधिक ४ विकेट लिए । त्यस्तै, हेमन्त धामीले ३ विकेट आफ्नो नाममा पारे । यता, नरेन साउदले २ विकेट लिँदा युवराज खत्रीले पनि १ विकेट लिए ।