एजेन्सी । कतारमा जारी एएफसी एसियन कपअन्तर्गत खेलमा बहराइनमाथि सहज जित हासिल गर्दै जापान क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधवार साँझ भएको अन्तिम १६ खेलमा बहराइनमाथि ३–१ को सहज जित निकाल्दै एसियाली पावर हाउस जापान एसियाली फुटबलको शीर्ष प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

अल थुमामा रंगशालामा भएको खेलमा बलियो जापानको जितमा रित्सु डोआन, ताकेफुसा कुबो र अयासे वेदाले गोल गरे ।

बहराइनले भने जापानका जियोन सुजुकीको आत्मघाती गोलमार्फत् एक गोल उपहार पायो ।

पहिलो हाफको ३१ औं मिनेटमा डोआनको गोलमार्फत् जापानले सुरुवाती अग्रता लियो ।

त्यस्तै, दोस्रो हाफको ४९ औं मिनेटमा कुबोको गोलमार्फत् जापानले २–० को अग्रता लियो ।

तर, ६४ औं मिनेटमा सुजुकीको आत्मघाती गोलको मद्दतमा बहराइन खेलमा फर्कियो ।

त्यसपछि ७२ औं मिनेटमा वेडाले गोल थप्दा जापान ३–१ ले विजयी भयो ।

जापानसंग पराजयसंगै बहराइन भने प्रतियोगिताबाट बाहिरिएको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.