भक्तपुर । नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान सन्दिप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन् ।
बुधवार उच्च अदालत पाटनले सन्दिपलाई बलात्कार मुद्दामा सफाइ दिएको हो ।
यसअघि काठमाडौं जिल्ला अदालतबाट भएको फैसलालाई उल्त्याउँदै उच्च अदालत पाटनले सन्दिपलाई सफाइ दिएको हो ।
उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले सन्दिपलाई सफाइ दिने निर्णय गर्यो ।
गौशाला २६ ले आफूमाथि करणी भएको भन्दै गत २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।
त्यसपछि काठमाडौं जिल्ला अदालतले सन्दिपलाई दोषी करार गरि तीन लाख जरिवाना र आठ बर्षको कैद सजाय दिएको थियो ।
पुनरावेदनका लागि उच्च अदालत पुगेको सन्दिपले मंगलबार र बुधबारको सुनुवाइपछि सफाई पायो ।