एजेन्सी । साविक विजेता म्यानचेस्टर सिटीले बर्नमाउथमाथि इंग्लिस प्रिमियर लिगमा फराकिलो जित हात पारेको छ ।

सनिवार राति भएको खेलमा म्यानचेस्टर सिटीले बर्नमाउथमाथि ४–१ को फराकिलो जित हात पारेको हो ।

भितालिती रंगशालामा घरेलु टोलीलाई पराजित गर्न सिटीका लागि जुलियान अल्भारेज, इर्लिङ हालान्ड, फिल फोडेनले समान १–१ गोल गर्दा अर्को एक गोल बर्नमाउथका क्रिस मेपहमले आत्मघाती गरेका थिए ।

घरेलु टोलीका लागि जेफेरसन लेमाएले सान्तोना गोल फर्काए ।

खेलको १५ औं मिनेटमा अल्भारेजको गोलमार्फत सुरुवाती अग्रता लिएको सिटीले २९ औं मिनेटमा हालान्डको गोलमार्फत अग्रता दोब्बर गरेको थियो । उक्त गोल हालान्डको जारी सिजनमा २७ औं गोल समेत रह्यो ।

त्यसपछि ४५ औं मिनेटमा फोडेनले गोल गर्दा सिटी पहिलो हाफमा ३–० ले अघि बढेको थियो ।

दोस्रो हाफको ५१ औं मिनेटमा मेपहमले आत्मघाती गोल गर्दा सिटी ४–० ले अघि बढ्यो । खेलको अन्त्यतिर ८३ औं मिनेटमा लेर्माले बर्नमाउथका लासग एक गोल फर्काए ।

जितसंगै सिटीको जारी लिगमा २५ खेलमा ५५ अंक भएको छ । सिटी एक खेल कम खेलेको आर्सनलभन्दा २ अंकले पछि रहँदै लिग तालिकाको दोस्रो स्थानमा छ ।

यता, पराजित बर्नमाउथको २४ खेलमा २१ अंक छ । बर्नमाउथ तालिकाको १९ औं स्थानमा छ ।

त्यसअघि सनिवार नै भएको अन्य खेलहरुमा लिग लिडर आर्सनलले लेस्टरसिटीलाई १–० ले पराजित गर्दा लिड्स युनाइटेडले साउथह्याम्टनमाथि १–० कै जित निकाल्यो ।

एभर्टन एस्टनभिल्लामाथि २–० ले पराजित हुँदा वेस्टह्याम युनाइटेडले नटिङघम फोरेस्टमाथि ४–० को फराकिलो जित निकाल्यो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.